म्यानचेस्टर सिटीको फराकिलो जित « Khabarhub

म्यानचेस्टर सिटीको फराकिलो जित


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटी एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार हडर्सफिल्ड टाउन विरुद्ध ५–० को फराकिलो जित निकाल्दै सिटी चौथो चरणमा प्रवेश गरेको हो ।

घरेलु मैदान इथियाड स्टेडियममा सिटीको जितमा फिल फोडेनले दुई तथा जुलियन अल्भारेज, ओस्कार बोब र जेरेमी डोकुले समान १ १ गोल गरे ।

खेलको ३३ औं मिनेटमा अल्भारेजको पासमा फोडेनले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाए । ३६औं मिनेटमा अल्भारेजले गोल गरे । ५८औं मिनेटमा सिटीले फोडेनको पासमा बोबले गरेको प्रहार हडर्सफिल्डका बेन ज्याक्सनलाई लागेर क्रसबारमा लाग्दै पोस्ट भित्र छिर्यो ।

त्यस्तै खेलको ६५ औं मिनेटमा फिल फोडेनले व्यक्तिगत दोस्रो गोल गरे । जेमी डोकूले ७४ औं मिनेटमा गोल गर्दै सिटीलाई ५–० को सहज जित दिलाएका हुन् ।

आइतबारका अन्य खेलमा वेस्ट ब्रोम, रेक्सह्याम, लिड्स युनाइटेड विजयी भएका छन् ।

यो पनि…

एम्पोलीविरुद्ध एसी मिलानको सहज जित

एफए कपमा चेल्सीको सानदार जित

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १० : ४७ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ