राष्ट्रिय सभा निर्वाचन : कांग्रेसले छान्यो १० उम्मेदवार (सूचीसहित) « Khabarhub

राष्ट्रिय सभा निर्वाचन : कांग्रेसले छान्यो १० उम्मेदवार (सूचीसहित)


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १० जना उम्मेदवारको टुंगो लगाएको छ । गए राति अबेरसम्म बसेको कांग्रेस पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेसमा संस्थापन र इतर समूहबीच भागबन्डा नमिल्दा उम्मेदवार छनोटमा ढिलाइ भएको थियो ।

कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । उनलाई अन्य समूहबाट उम्मेदवार बनाइएको हो । यस्तै, मधेसमा आनन्दप्रसाद ढुंगाना (अन्य), बागमतीमा जितजंग बस्नेत (अन्य) र विष्णुदेवी पुडासैनी (महिला) उम्मेदवार बनेका छन् ।

यसैगरी, कांग्रेसले गण्डकीमा किरणबाबु श्रेष्ठ (अन्य) र पदमबहादुर परियार (अपाङ्गता/अल्पसंख्यक), लुम्बिनीमा विष्णुकुमारी सापकोटा (महिला), कर्णालीमा कृष्णबहादुर रोकाया (अन्य) लाई उम्मेदवार बनाएको छ ।

सुदूरपश्चिममा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसंख्यक) कांग्रेसका उम्मेदवार बनेका छन् ।

नेता शेखर कोइरालासहित संस्थापनइतर पक्षले १० मध्ये चार सिटको अडान राखे पनि अन्तिममा तीन जनामा चित्त बुझाएका छन् । संस्थापन इतरपक्षबाट विष्णुकुमारी पुडासैनी, किरणबाबु श्रेष्ठ र विष्णुकुमारी सापकोटाले उम्मेदवारको टिकट पाएका छन् ।

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ०३ बजे

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको