एफए कप : लिभरपुलसँग आर्सनल पराजित « Khabarhub

एफए कप : लिभरपुलसँग आर्सनल पराजित


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबलमा लिभरपुलले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हराएको हो ।

लिभरपुलका लागि लुइस डिआजले एक गोल गरेका थिए । एक गोल भने आर्सनलबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८०औँ मिनेटमा आर्सनलका जाकुव विविओरले आत्मघाती गोल गरेपछि लिभरपुल १–० गोलले अगाडि बढेको थियो ।

त्यसपछि इन्जुरी समयको पाँचौ मिनेटमा डिआजले गोल गर्दै टोलीलाई २–० को जित दिलाएका थिए ।

यो जितसँगै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : १२ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल