कांग्रेस नेता सिटौलाले गराए राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता « Khabarhub

कांग्रेस नेता सिटौलाले गराए राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

आज कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा पुगेर सिटौलाले उम्मेदवारी दर्ता गरेका हुन्।

सिटौलाको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने तयारी रहेको छ ।

हिजाे बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सिटौलालाई उमेदवार बनाउने निर्णय गरेको थियाे । सिटौला गत प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ११ : ०८ बजे

काभा भलिबल : पाकिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौं – काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा

किसानले केराको उचित मूल्य पाए केरा : उत्पादक सङ्घ

चितवन – भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको