जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो « Khabarhub

जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

जापान– जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ ।

मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्युडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ भने १०३ जना अझै हराइरहेका अधिकारीहरूले बताएका छन् ।

सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारण त्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् । 

पछिल्लो दुई दिनयता यस क्षेत्रमा हिउँ परेको छ र केही क्षेत्रमा रातभर १० सेन्टिमिटर (चार इन्च) भन्दा बढी पानी परेको छ । सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि ९० वर्षभन्दा बढी उमेरकी एक महिलालाई पाँच दिनपछि शनिबार जीवितै उद्धार गरिएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १२ : १८ बजे

हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ

काठमाडौं – कमेडी च्याम्पियनबाट उदाएका कलाकार सुमन कोइराला नायकका रुपमा

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा

गायक यम बराललाई भएको ‘मल्टिपल माइलोमा’ कस्तो रोग हो ?

काठमाडौं- नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक यम बराल यतिबेला त्रिभुवन

हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी

एजेन्सी– इजरायली रक्षामन्त्री इजरायल काट्जले हेजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने

काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन