चिसो बढेपछि विद्यालयमा बिदा « Khabarhub

चिसो बढेपछि विद्यालयमा बिदा


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – चिसो अत्यधिक बढेपछि यहाँका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले आजदेखि र गौशाला नगरपालिका पुस २४ गतेदेखि लागू हुने गरी विद्यालयमा बिदा दिएका हुन् ।

सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक साताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन् । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै बिदा दिने निर्णय गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताए।

रामगोपाल नगरपालिकाका प्रमुख रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भन्दै जाडो छल्न केही दिन बिदा दिइएको बताए ।

साथै गौशालामा आज सम्पन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकले भोलिदेखि पुस मसान्तसम्म बिदा दिन आग्रह गरेअनुसार एक साताको जाडो बिदा दिइएको गौशाला नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

चिसो बढेपछि अन्य पालिकाका विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या घटेको जनाइएको छ । आइतबारदेखि चिसो ह्वात्तै बढेपछि यहाँका हाटबजारमा चहलपहल घटेको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : ०४ बजे

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस प्रवक्ता चालिसे

पाटन– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर

त्रिवि क्रिकेट मैदान नहटाइने, सरकारका प्रवक्ताले भने : नयाँ रूपमा सम्झौता नवीकरण हुन्छ

काठमाडौं- गत वर्षमात्रै करिब ४५ करोड रुपैयाँ खर्चिएर विस्तार गरिएको

सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त नियुक्त

काठमाडौं– सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा नारायणदत्त पौडेललाई नियुक्त

कांग्रेसले भन्यो : संसद् अधिवेशन बोलाइसकेर बिनाकारण स्थगित गर्नु गलत

काठमाडौं– नेपाली कांग्रेसले संसद्को सर्वोच्चतालाई अमूल्यन गर्ने काम नगर्न सरकारको

पछिल्लो २४ घण्टामा विपदका घटनामा परी १० जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपदका घटनामा परी