नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारीपत्रमा हस्ताक्षर « Khabarhub

नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारीपत्रमा हस्ताक्षर


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्बीच ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ सञ्चालन तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्रकुमार झाबीच आज प्रहरी प्रधान कार्यालयमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले सडक दुर्घटनाबाट हुने धनजनको क्षति एवं ट्राफिक व्यवस्थापन गम्भीर विषय भएको चर्चा गरे । उनले उक्त सम्झौताले दुर्घटना न्यूनीकरणका साथै धनजनको क्षतिमा कमी ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा एवं यातायात व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवाला निकायको साथ सहयोग र समन्वय आवश्यक रहने उनको भनाइ छ । समारोहमा सडक सुरक्षा व्यवस्थापन विज्ञ डा पार्थ पराजुलीले सफ्टवेयर सञ्चालन तथा ट्राफिकसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणसम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

यातायात पूर्वाधारको व्यवस्थापन गरी सुरक्षा बढाउन, सीमापार व्यापारलाई सहज बनाउन र रणनीतिक सडक नेटवर्कको व्यवस्थापन क्षमतालाई सुदृढ पार्ने सम्झौताको उद्देश्य रहेको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : ०६ बजे

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा– सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा

वीरगञ्जको घण्टाघर क्षेत्रमा सरसफाइ

वीरगञ्ज– राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत वीरगञ्ज महानगर र ग्रिनिसिटी सामुदायिक प्रहरी

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन– जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लेबनान र इजरायलबीच जारी

४० लाख मूल्य बराबरको अवैध समानसहित दुईजना पक्राउ

सिरहा– सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा