पासाङल्हामु राजमार्ग स्तरोन्नति चाँडै सुरु हुन्छ : अर्थमन्त्री महत « Khabarhub

पासाङल्हामु राजमार्ग स्तरोन्नति चाँडै सुरु हुन्छ : अर्थमन्त्री महत


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – अर्थमन्त्री डा प्रकाशरण महतले नुवाकोटलाई काठमाडौँसँग जोड्ने पासाङल्हामु राजमार्गको स्तरोन्नति प्रक्रिया चाँडै अघि बढ्ने बताएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ मा रहेको पञ्चकन्या माविको ४८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सो सडकको स्तरोन्नतिका क्रममा जीर्ण भएको सडक एक वर्षभित्र चरणबद्ध रुपमा ठेक्का लगाइसक्ने प्रतिबद्धता जनाए ।

त्रिशूलीदेखि ककनी हुँदै बालाजु जोड्ने ७२ किलोमिटर सडकको काठमाडौँतर्फ निर्माण सम्पन्न भइसकेकाले नुवाकोटतर्फको सडकलाई दुई चरणमा ठेक्का लगाउन लागिएको उनको भनाइ छ ।

“काठमाडौंको तीनपिप्लेदेखि नुवाकोटको ककनीसम्म रु एक अर्ब ३३ करोड बजेट सुनिश्चित गरेर बहुवर्षीय ठेक्का लगाइसकेको छ”, अर्थमन्त्री महतले भने, “ककनीदेखि पीपलटारसम्मको सडक यसअघिको ठेक्काबाट बच्ने रकममा सम्बोधन हुनसक्छ । त्यसो नभए आगामी आर्थिक वर्षको बजेट छुट्याएर काम सुरु हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।”

विसंं २०१८ मा विस्तार भएको नुवाकोट र रसुवा जोड्ने पासाङल्हामु राजमार्ग विसं २०७१ मा एक लेनबाट दुई लेन बनाउनका लागि ठेक्का लगाइएको थियो । उक्त समयमा यसअघि गरिएको कालोपत्र खनेपश्चात् निर्माण व्यवसायीले काम नगरेपछि सरकारले ठेक्का तोडेको थियो । सञ्चालन अवस्थामा रहेको सडक स्तरोन्नतिका लागि जीर्ण बनाएसँगै पछिल्लो एक दशकदेखि यस सडकमा आउजाउ गर्न समस्या भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ११ : १२ बजे

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता

कांग्रेसले संसद् बैठकसँगै समितिहरू पनि बहिष्कार गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्सँगै अब संसदीय समितिका बैठक

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी

भारतीय विदेशमन्त्रीसँग रविको भेट

काठमाडौं- भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नारायणीमा पौडी खेल्नेक्रममा डुबेर एक जना बेपत्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना