आजको तरकारी तथा फलफूलको मूल्यसूची « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्यसूची


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिकाअनुसार आज हरियो अंगुरको मूल्य प्रतिकेजी २२० रुपैयाँ निर्धारण भएको छ । यस्तै, कालो अंगुर ३२०, केरा दर्जनको १३०, अनार केजीको ३००, किबी २५०, एभोकाडो २५०, अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १०, अदुवा १५०, रातो आलु ३३, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६०, अकबरे हरियो खुर्सानी ५५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ८०, हरियो फर्सी लाम्चो २०, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । यस्तै, तोरीको साग ४०, रायो साग ३०, चम्सुर, पालुँगो,  मेथी र सौफको साग ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

परबर १३०, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८५, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदिना २२०, ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा किनबेच भएको छ ।  डल्ले भान्टा ४०, लाम्चो भान्टा ३० र हरियो धनियाँ १०० रुपैयाँ पाइने समितले जनाएको छ ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ३६ बजे

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी