बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ  « Khabarhub

बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ 


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बाँकेनेपालगञ्ज उपमहानगरपालिका जमुनाहस्थित नेपाल भारत प्रवेशद्वारमा सशस्त्र प्रहरी बल, नेपालद्वारा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ गरिएको छ । 

कार्यक्रम नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीको तत्त्वावधाननेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा नं. ३० बागेश्वरी गण बाँकेले आयोजना गरेको थियो । 

कार्यक्रम अन्तर्गत जमुनाहस्थित नेपाल–भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका बिरुवा र फूल राखिएका छन् भने प्रवेशद्वारमा राष्ट्रिय झण्डा समेत राखिएको छ । 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीको सौजन्यमा स्थानीय बासिन्दा र नेपाल भारत सीमा आवतजावत गर्ने सर्वसाधारणका लागि यू.भि.फिल्टर जडित शुद्ध खानेपानी समेत राखिएको छ । 

झन्डोत्तोलन तथा खानेपानी सेवाको सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल तथा नेपालगञ्ज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपालगंज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टले सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा गर्ने यस प्रकारका कार्यहरूमा नेपालगंज उप–महानगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिबद्धता जनाएका  थिए । 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : ५२ बजे

बजेट प्रस्तुतीका लागि सङ्घीय संसद्को संयुक्त बैठकको तयारी पूरा

काठमाडौं– सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व

‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमअन्तर्गत बने १ सय ९ अस्पताल 

काठमाडौं– ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम अन्तर्गत हालसम्म १

‘पल्सर आरपीएम’ कार्यक्रम शनिबार हुने

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी

प्रदर्शनको २१ दिनमा पनि ‘लालीबजार’को उच्च अकुपेन्सी

काठमाडौं – नायिका स्वतस्तिमा खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘लालीबजार’ले

आशीर्वाद र अश्विनी फिचर्ड गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक

काठमाडौं – म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’मा समावेश गीत ‘नौ