विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा « Khabarhub

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँबाट राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा दायर गरिएका केही मुद्दामा भएको फैसला उपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

तत्कालीन कर फछर्यौट आयोगका पदाधिकारीहरू लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालविरुद्ध विशेष अदालतले कम जरिवाना हुने गरी फैसला गरेको भन्दै आयोग सर्वोच्च पुगेको हो । 

आयोगले सो मुद्दामा तीन जना प्रतिवादीविरुद्ध रु ११ अर्ब दुई करोड ५२ लाख २२ हजार दुई सय २७ बिगो दाबी गरे पनि विशेष अदालतले रु चार अर्ब ८६ करोड ८१ लाख ७५ हजार तीन सय ८० बराबरको बिगो कायम गरी गरेको फैसला त्रुटीपूर्ण भएको दाबी गरेको छ ।

विशेष अदालतले कर फछर्यौट आयोगका तत्कालीन अध्यक्ष महतलाई नौ वर्ष एक महिना र आयोगका सदस्य उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकाललाई नौ वर्ष कैद सजाय हुने ठहर गरेको थियो । आयोगले विभिन्न १० वटा बुँदामा विशेष अदालतबाट भएको फैसला त्रुटीपूर्ण रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : १७ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा