नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनको उद्घाटन ओलीले गर्ने « Khabarhub

नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनको उद्घाटन ओलीले गर्ने


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा एमाले रौतहट जिल्ला कमिटीको १०औं जिल्ला अधिवेशन माघको २५ र २६ गते हुने भएको छ। नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्न नेकपा एमाले रौतहटले तयारी तीव्र पारेको छ।

सोही क्रममा मंगलबार जिल्ला अधिवेशनलाई भव्य बनाउन नेकपा एमाले प्रचार विभाग रौतहटको बैठक बसेको थियो। बैठकमा नेकपा एमालेका पोटिब्यूरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोत्तम पौडेलले अधिवेशनलाई भव्य रूपमा सफल तुल्याउन सबै तहतप्काका नेताहरू सक्रिय हुनुपर्ने बताएका छन्। 

जिल्ला अधिवेशनलाई भव्य रूपमा सफल पार्नको लागि प्रचार सामग्रीको निमार्णदेखि प्रचारप्रसारलाई व्यवस्थित बनाउन प्रचार विभाग तथा प्रेस चौतारीमा आवद्ध व्यक्तिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न पौडेलको आग्रह छ।

बैठकमा नेकपा  एमालेका केन्द्रीय सदस्य उद्धव प्रसाद रेग्मीले सबै मिलेर जिल्ला अधिवेशनलाई सफल बनाउन लागिपर्नु पर्ने बताए।

पार्टीको जिल्ला अधिवेशनको लागी आउँदो माघ ३ गते सचिवालय बैठक आयोजना गर्ने, माघ ६ गते जिल्ला प्रतिनिधि परिषद् भेला र माघ १३ गते प्रतिनिधि चयन गर्ने र माघ २५ र २६ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको केन्द्रीय सदस्य रेग्मीले जानकारी दिए।

प्रचार विभाग रौतहटका प्रमुख रुपेश कुमार पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य बाल बिक्रम कार्की, प्रचार विभाग रौतहटका सदस्य अशोक कुमार पहाडी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमल सिना, प्रेस चौतारी रौतहटका अध्यक्ष उत्तम कुमार उपाध्याय, नेकपा एमाले गरुडा नगर कमिटी संयोजक, प्रचार विभागका सदस्यलगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : २८ बजे

‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापन इतर

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

विराटनगर– कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट