‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ « Khabarhub

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई काठमाडौँको  बुढानीलकण्ठ  हात्तिगौंडाबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले पुष्टि गरे ।

उनले भने  “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।”

बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो । बम्जनमाथि अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप छ ।

प्रहरी टोली पटकपटक उनको आश्रममा पुग्ने गरे पनि पक्राउ गर्न सकेको थिएन् । यसअघि प्रहरीले पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती तथा असार २०७७ मा कमलामाई नगरपालिका रहेकाे बम्जनको आश्रममा  छापा समेत मारेको थियो ।

आफूलाई ‘तपस्वी’  बताउने बम्जनविरुद्ध उनकै आश्रममा रहेकी १८ वर्षीया एक किशोरीले बलात्कारको जाहेरी दिएकी थिइन्। जिल्ला अदालत सर्लाहीमा उक्त मुद्धा विचाराधीन छ । अदालतले हाजिर हुन पटक पटक निर्देशन दिए पनि उनी भाग्दै आएका थिए ।

यस्तै उनीविरुद्ध तीन युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी समेत परेकाे थियाे ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : ३४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित