ऋतिकको ‘कृष ४’ को तयारी पूरा, फ्लोरमा कहिले ? « Khabarhub

ऋतिकको ‘कृष ४’ को तयारी पूरा, फ्लोरमा कहिले ?


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता ऋतिक रोशनको सुपरहिरो फिल्म सिरिज ‘कृष’ को चौथो भागलाई लिएर दर्शकमा लामो समयदेखि प्रतीक्षा छ । खबर त आइरहेको थियो तर फिल्म कहिले शुरु हुन्छ भन्ने पक्का भइसकेको थिएन । निर्देशक राकेश रोशनको क्यान्सरको उपचार गर्नुपर्ने भएपछि फिल्मको काममा समस्या आएको थियो ।

यतिबेला भने फिल्मको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

भारतीय मिडियालाई आधार मान्ने हो भने यो फिल्म सन् २०२० को पहिलो महिनाबाट फ्लोरमा जानेछ । यद्यपि यो फिल्म पूरा बनेर आउन अझै समय लाग्नेछ । सन् २०२० मा पनि फिल्म रिलिज हुने छैन ।

फिल्मलाई पहिले सन् २०२० को क्रिसमसको मौका पारेर रिलिज गर्ने भनिएको थियो । तर निर्माता तथा निर्देशक राकेश रोशनले फिल्मको अझै पनि स्किृप्टकै काम भइरहेको बताए ।

उनको हालै सर्जरी गरिएको थियो । उनलाई शुरुवाती समयमा घाँटीमा क्यान्सर देखिएको थियो । अहिले भने उनी रिकभर हुँदैछन् ।

फिल्म ‘कृष ४’ का बारेमा हल्ला के पनि छ भने फिल्मलाई बाहुबलीमा झैँ दुई भागमा रिलिज गरिनेछ । दुवै फिल्मलाई एकसाथ बनाइनेछ तर रिलिज भने फरक मितिमा गरिनेछ ।

यो फिल्मको पहिलो भाग ‘कोइ मिल गया’ सन् २००३ मा रिलिज भएको थियो भने सन् २००६ मा ‘कृष’ लाई फिल्मको दोस्रो भाग रिलिज गरिएको थियो । पछिल्लो सिरिज ‘कृष ३’ भने सन् २०१३ मा रिलिज भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  २ : ०५ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका