टुप्पी (शिखा) किन राखिन्छ ? « Khabarhub

टुप्पी (शिखा) किन राखिन्छ ?


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

टुप्पीका बारेमा हामी सबैलाई थाहा नै छ । हिन्दु धर्म मान्ने पुरुषहरूले विशेष गरी टुप्पी राख्ने गर्छन् ।

कपाल काट्दा टाउकोको बीच अथवा केन्द्र भागमा थोरै कपाल राख्नुलाई बोलीचालीको भाषामा  टुप्पी भन्ने गरिन्छ ।

यसैगरी संस्कृत भाषामा  टुप्पीलाई शिखा भन्ने गरिन्छ । टुप्पीलाई ऋषिमुनिहरूले ‘शिखा’ नाम दिएका छन् ।

पछिल्लो समय टुप्पी राख्ने चलन बिस्तारै हराउँदै गएको छ ।

धार्मिक शास्त्रहरूमा टुप्पीलाई निकै महत्व दिइन्छ । टुप्पी काट्नुलाई शिर काट्नु बराबर पनि मानिएको छ ।

स्वास्थ्य विज्ञानअनुसार पनि टुप्पीमा मस्तिष्कको केन्द्र हुन्छ जसले शरीर, बुद्धि र मनोकांक्षा यही ठाउँबाट नियन्त्रित हुन्छन् भनिएको छ ।

शास्त्रअनुसार  टुप्पीले ज्ञान शक्तिलाई बढाउन मद्दत गर्छ । जुन ठाउँमा टुप्पी राखिन्छ त्यसको वरपर बुद्धिचक्र, ब्रह्मरन्ध्र र सहस्रदल पथ वा ब्रह्माको अधिष्ठान रहेका हुन्छन् ।

शास्त्रअनुसार विभिन्न प्रकारका ध्यान गर्दा शिखा छोएर मात्रै गरिन्छ ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : ३१ बजे

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल