डा विशद दाहालको निलम्बन फिर्ता « Khabarhub

डा विशद दाहालको निलम्बन फिर्ता


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा विशद दाहालमाथि नियमविपरीत लगाइएको निलम्बन फिर्ता लिन केएमसी अस्पताल सहमत भएको छ।

बालकुमारीमा भएको २ घण्टा लामो छलफलपश्चात मेडिकल कलेज (केएमसी) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको हो। अब केएमसीले डा विशद दाहाललाई निलम्बन फिर्ता गर्दै कलेज प्रवेश गर्न दिने भएको छ।

यसअघि हिजो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि डाक्टर दाहालको निलम्बन फिर्ता लिन काठमाडौं मेडिकल कलेज (केएमसी) लाई निर्देशन दिएका थिए ।

 बुधबार केएमसीका प्रथम डिन एनबी राणा, हालका डिन मनोज हुमागाईं, केएमसीसहित अन्य मेडिकल कलेजका विद्यार्थीहरू सहभागी बैठकमा फिल्ड वर्कसम्बन्धी निर्देशिका बनाउने, निर्देशिका नबनुन्जेलसम्म विद्यार्थीलाई असर नपर्ने गरी पठाउने सहमति भएको छ।

फिल्ड वर्कका विषयमा डा दाहाललाई केएमसीले एक महिनाका लागि निलम्बन गरेको थियो।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ११ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ