सुरक्षा नीति कार्यान्वयनमा सबै जिम्मेवार हुनुपर्छ : रक्षामन्त्री खड्का « Khabarhub

सुरक्षा नीति कार्यान्वयनमा सबै जिम्मेवार हुनुपर्छ : रक्षामन्त्री खड्का


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको सुरक्षा नीति जनताको जीवनको सुरक्षासंग सम्बन्धित महत्त्वपूर्ण विषय भएकोले यसको कार्यान्वयनमा सबैले आफ्नो जिम्मेवारी पुरा गर्न आवश्यक रहेको बताएका छन् । 

बुधबार रक्षा मन्त्रालयमा भएको राष्ट्रिय सुरक्षा नीति-२०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना, २०७७ को प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले सरकारका सबै मन्त्रालय, नेपाली सेना, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायहरू सबैले पूर्ण स्वामित्व र अपनत्व लिँदै आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले कार्यक्रममा उपस्थित सबै मन्त्रालय तथा निकायका प्रतिनिधिहरूलाई राष्ट्रिय सुरक्षा नीति, २०७५ को कार्यान्वयनको एकीकृत कार्ययोजना-२०७७ मा आ-आफ्नो मन्त्रालय र निकायलाई जिम्मेवारी तोकिएका विषयमा हालसम्म भएका प्रगतिहरू र कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने विषयमा एक हप्ताभित्र लिखित रूपमा रक्षा मन्त्रालयमा विवरण उपलब्ध गराउन आग्रहसमेत गरेका छन्  । 

समीक्षा बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राष्ट्रिय सुरक्षा नीति राष्ट्र र जनतालाई बलियो बनाउने नीति भएकोले नेपाल सरकारका अरू नीतिहरू यो नीतिसँग सामञ्जस्य हुने गरी तर्जुमा तथा कार्यान्वयन हुनुपर्ने कुरा औँल्याए।  

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति रक्षा मन्त्रालय तथा नेपाली सेनाको मात्र विषय नभएर नेपाल सरकारका सबै मन्त्रालय तथा निकायको साझा जिम्मेवारीको विषय भएकाले सबैको सहयोग र समन्वयमा यो नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिए ।

बैठकमा  विभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका रथीवृन्द, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत विभिन्न मन्त्रालय तथा निकायका सुरक्षा नीति कार्यान्वयनसम्बद्ध फोकल पर्सनहरूको उपस्थिति थियो। कार्यक्रम रक्षा मन्त्रालयका निमित्त सचिव बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : १० बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि