प्रधानमन्त्री प्रचण्ड माघको पहिलो साता युगाण्डा जाने  | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड माघको पहिलो साता युगाण्डा जाने 


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माघको पहिलो साता युगाण्डा जाने भएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री माघको पहिलो साता युगाण्डा जाने जानकारी दिएकी हुन् ।

बैठकले माघ ५ देखी ६ सम्म हुने सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै माघ ३ र ४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद सहभागी हुने उनले जानकारी दिइन् ।

बैठकले एनसेलको सेयर खरिदबिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानविन गर्न मङ्सिर २१ मा गठित समितिको कार्यविधि २०८० साल माघ १५ गतेसम्म थप गरेको छ भने प्रधानमन्त्री दैविप्रकोप सहायता कोषबाट २ अर्ब रुपैयाँ विपत् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिइन् ।

त्यस्तै बैठकले चितवनको भरतपुर महानगरपालिका १५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनको लागि बागमती प्रदेश सरकारसँगको साझेदारीमा गर्न भरतपुर महानगरपालिकालाई सहमति प्रदान गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : ३१ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं