राष्ट्रिय टिमबाट अलग भए क्रिकेटर सन्दीप लामिछाने « Khabarhub

राष्ट्रिय टिमबाट अलग भए क्रिकेटर सन्दीप लामिछाने


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग भएका छन् ।

जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा हिजो ८ वर्ष कैद सजायको अन्तिम फैसला गरेसँगै उनले हिजो नै क्यानलाई एक पत्र लेखेर राष्ट्रिय टिमबाट अलग भएको जानकारी दिएको बताइएको छ ।

उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र लेखेर यसबारे जानकारी दिएको भनिए पनि यसबारे क्यानले हालसम्म औपचारिक जानकारी दिएको छैन । क्यानका अध्यक्ष चन्दले यो विषयमा आजै प्रेस रिलिजमार्फत जानकारी दिने बताए ।

क्यानलाई लेखेको पत्रमा सन्दीपले आफू काठमाडौँ अदालतबाट दोषी ठहर भएपनि न्यायका लागि माथिल्लो अदालतमा जाने उल्लेख गरेका छन् ।

अदालतबाट दोषी ठहर भएपछि बागमती क्रिकेट संघले सन्दीप लामिछानेलाई यसअघि नै बाहिर राखेर टिमको घोषणा गरेको थियो ।

बागमतीले हिजो रित गौतमको कप्तानीमा घोषणा गरेको १४ सदस्यीय क्रिकेट टिममा सन्दीपलाई समावेश गरिएको छैन ।

नेपाल क्रिकेट संघले सन्दीपलाई राष्ट्रिय क्रिकेटमा समावेश गर्ने/नगर्ने कुरा अदालतको अन्तिम फैसलापछि निर्णय गरिने बताउँदै आएको थियो ।

जिल्ला अदालत काठमाडौँले पुस १३ गते सन्दीपमाथिको बलात्कार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । तर, हिजो भने उनलाई ८ वर्ष कैद सजाय र ३ लाख जरिवाना तथा २ लाख  क्षतिपूर्ति भराउने आदेश भएको थियो ।

यो पनि…
रितको कप्तानीमा बागमतीको टिम घोषणा, शरद टोलीमा परेनन्

सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ९ : ४४ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक