सरकारले शान्ति सुरक्षाका नाममा नागरिकको हत्या गर्‍यो : शंकर पोखरेल | Khabarhub Khabarhub

सरकारले शान्ति सुरक्षाका नाममा नागरिकको हत्या गर्‍यो : शंकर पोखरेल


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार शान्ति सुरक्षाका नाममा नागरिक हत्यामा उत्रिएको बताएका छन्। 

सञ्चारकर्मीसँग संक्षिप्‍त कुरा गर्दै महासचिव पोखरेलले भिड नियन्त्रणका मापदण्ड प्रयोग नगरी नागरिकलाई गोली नै हान्ने काम सरकार पक्षबाट भएको बताए । ‘गलत ढङ्गले शक्तिको प्रयोग गर्ने र त्यसबाट निहत्था नागरिक मारिने क्रम बढेको छ’, पोखरेलले भने । 

कोरिया जान चाहने विद्यार्थीको परीक्षाका विषयमा उत्पन्न विवाद पछि जुलुस निस्किएको ठाउँमा मन्त्रीको गाडी जाने, त्यसलाई सुरक्षा निकायले यथोचित सुरक्षा दिन नसक्ने, मन्त्रीलाई रोकियो भनेर अन्धाधुन्ध गोली चलाउने घटनाले सरकार कति गैर जिम्मेवार छ भन्ने कुरा देखाएको पोखरेलले बताए । 

‘सरकार नागरिक प्रति कति संवेदनशील छ भने कुरा यसले पुष्टि गर्दछ’, उनले भने । निर्दोष मानिस मारेपछि क्षतिपूर्तिको कुरा गर्ने र सहिदको रूपमा सम्मान गर्छौँ भन्ने नाममा नागरिकको जीवनलाई सरकारले पैसासँग तुलना गर्ने र सहिदकै अपमान गर्ने काम गरेको उनले बताए । यसले सहिदको गरिमालाई अवमूल्यन गर्ने काम गरिएको उनले प्रष्ट पारे । 

सर्लाहीको बरथहवामा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पताल प्रदेशलाई दिनुपर्दछ भनी सत्ताधारीले नागरिकलाई उत्तेजित बनाउने काम गरेर एक युवाको हत्या भएको उनले बताए । सरकार चाहे कोशी प्रदेशको नामका सन्दर्भमा होस् वा गौर घटना र अन्य घटनामा होस् सरकारले गैर जिम्मेवार तरिकाबाट समाजलाई गलत बाटोमा लैजाने काम गरेको पोखरेलले टिप्पणी गरे । सरकार आफैँले सामाजिक अराजकता फिँजाउने काम गरेको उनले बताए । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १ : २१ बजे

मोदीले प्रधानमन्त्री कार्कीलाई भने- शान्ति र स्थिरताको प्रयासमा भारतको दृढ समर्थन छ

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच

जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाको सामूहिक राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच

उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल  आज प्रहरी प्रधान कार्यालय पुगेर

केही मिटर दूरीको सिंहदरबार जल्दा पनि किन रमिते बन्यो सेना ?

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण