गौशाला २६ ले साइबर ब्यूरोमा दिइन् पहिचान खुलाउनेविरुद्ध जाहेरी | Khabarhub Khabarhub

गौशाला २६ ले साइबर ब्यूरोमा दिइन् पहिचान खुलाउनेविरुद्ध जाहेरी


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गौशाला २६ ले आफ्नो पहिचान खुलाउनेविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएकी छन ।

गौशाला २६ ले आफुविरुद्ध वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर र कम्प्युटर सम्बन्धी कसुर भएको भन्दै साइबर ब्यूरोमा जाहेरी दिएकी हुन ।

गौशालाले ब्यूरोमा जाहेरी दिएको बताउँदै एसपी पशुपतिकुमार रायले पहिचान खुलाउने व्यक्तिहरूको खोजीका लागि अनुसन्धान भइरहेको बताए ।

२०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा सन्दीप लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

लामो समय काठमाडौं जिल्ला अदालतमा चलेको सो मुद्दामा न्यायाधीश शिशिर ढकालको इजलासले फैसला गर्दै लामिछानेलाई दोषी ठहर गरेको थियो ।

अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय, ३ लाख जरिवाना र २ लाख पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

यो पनि…

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ३ : १५ बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको