राष्ट्रिय भूकम्प सुरक्षा दिवस चन्द्रागिरीमा मनाइने  « Khabarhub

राष्ट्रिय भूकम्प सुरक्षा दिवस चन्द्रागिरीमा मनाइने 


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय भूकम्प सुरक्षा दिवस यसवर्ष काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मनाइने भएको छ ।

विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा माघ २ गते चन्द्रागिरी नगरपालिकामा २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको दिवसको नारा स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ रहेको जानकारी दिएको छ ।

दिवसका अवसरमा मूल समारोह समितिले आयोजना गर्ने उक्त कार्यक्रमका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतको उपस्थिति रहने विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौँ महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियता रहने उनले बताए।

दिवसका अवसरमा तस्बिर प्रदर्शनी, र्‍याली गोष्ठी लगायतका कार्यक्रमको आयोजना समेत गरिएको श्रेष्ठले जानकारी दिए । उनले भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न सचेतनाको कामलाई तीव्रता दिएको बताए ।

भूकम्प प्रतिरोधात्मक संरचना बनाउन विभागका तर्फबाट आवश्यक प्राविधिक सहयोग हुने गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ४ : ३३ बजे

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ– हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति भएका सहायकरथीत्रय

किम जोङ उनकी छोरी उत्तराधिकारी हुने सङ्केत

प्योङयाङ- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले