राष्ट्रिय भूकम्प सुरक्षा दिवस चन्द्रागिरीमा मनाइने  « Khabarhub

राष्ट्रिय भूकम्प सुरक्षा दिवस चन्द्रागिरीमा मनाइने 


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय भूकम्प सुरक्षा दिवस यसवर्ष काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मनाइने भएको छ ।

विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा माघ २ गते चन्द्रागिरी नगरपालिकामा २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको दिवसको नारा स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ रहेको जानकारी दिएको छ ।

दिवसका अवसरमा मूल समारोह समितिले आयोजना गर्ने उक्त कार्यक्रमका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतको उपस्थिति रहने विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौँ महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियता रहने उनले बताए।

दिवसका अवसरमा तस्बिर प्रदर्शनी, र्‍याली गोष्ठी लगायतका कार्यक्रमको आयोजना समेत गरिएको श्रेष्ठले जानकारी दिए । उनले भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न सचेतनाको कामलाई तीव्रता दिएको बताए ।

भूकम्प प्रतिरोधात्मक संरचना बनाउन विभागका तर्फबाट आवश्यक प्राविधिक सहयोग हुने गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ४ : ३३ बजे

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न