स्वास्थ्य बिमा बोर्डले सह-भुक्तानी प्रणाली लागू गर्दै « Khabarhub

स्वास्थ्य बिमा बोर्डले सह-भुक्तानी प्रणाली लागू गर्दै


२६ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले  सह-भुक्तानी प्रणाली लागू गर्ने भएको छ । 

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य बिमा बोर्डले १ माघदेखि सह-भुक्तानी प्रणाली लागू गर्ने जानकारी दिएको हो । यससँगै अब स्वास्थ्य बिमा गरेकाहरूले स्वास्थ्य सेवा लिँदा कुल खर्चको १० प्रतिशत रकम आफैले तिर्नुपर्नेछ ।

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा ऐन, २०७४ को दफा ७ को व्यवस्थाअनुसार सह-भुक्तानी प्रणाली सम्बन्धी कार्यविधि निर्माण गरेर १ माघबाट कार्यन्वयनमा ल्याउन लागेको हो । 

स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था, बिमित नागरिक र सरोकारवालाहरूलाई जवाफदेही र सचेत बनाउन कार्यविधि कार्यन्वयनमा ल्याउन लागिएको जनाएको छ । अब अस्पतालबाट प्रदान गरिने बहिरंग, अन्तरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुनस्थापना सेवामा सह-भुक्तानी प्रणाली लागू हुनेछ । कार्यविधिअनुसार लक्षित वर्गका बिमित, प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैय्यासम्मका सरकारी अस्पतालमा भने सह-भुक्तानी प्रणाली लागु हुने छैन् । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ५ : ०६ बजे

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना