इङल्याण्डका पूर्व फुटबल प्रशिक्षक एरिक्सनलाई क्यान्सर | Khabarhub Khabarhub

इङल्याण्डका पूर्व फुटबल प्रशिक्षक एरिक्सनलाई क्यान्सर


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङल्याण्डका पूर्व प्रशिक्षक स्वेन-गोरन एरिक्सनले आफूलाई क्यान्सर भएको खुलासा गरेका छन्।

७५ वर्षीय एरिक्सनले आफूलाई क्यान्सर भएको र आफूसँग केही महिनामात्र बाँकी भएको बताएका हुन्। उनले आफ्नो क्यान्सर बारे गत वर्षमात्र थाहा भएको बताउँदै आफूले सकेसम्म यसविरुद्ध लड्ने बताएका छन्।

स्विडेनका एरिक्सनले एक रेडियो स्टेसनसँग कुरा गर्दै आफूले कठिनाइका बाबजुत आफ्नो जीवनको उत्कृष्ट वर्ष बिताउने बताएका छन्।

उनले गत वर्ष ५ किमीको दौडका क्रममा आफू अचानक ढलेपछि चिकित्सकले क्यान्सर रहेको पत्ता लागेको जानकारी दिएका छन्।

२००१ देखि २००६ सम्म इङल्याण्डको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक रहेका एरिक्सन त्यति बेला विश्वकै चर्चित फुटबल प्रशिक्षक थिए। उनले इङल्याण्डका अलावा मेक्सिको आइभेरीकोष्ट र फिलिपिन्सको समेत प्रशिक्षकको जिम्मेवारी निभाएका छन्।

त्यस्तै उनले लेस्टर सिटी, म्यानचेस्टर सिटी, एस रोमा, फियोरेन्टिना, साम्पडोरिया, बेनिफिका, लाजियो जस्ता क्लबको समेत प्रशिक्षकको रुपमा काम गरेका थिए।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ८ : २० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं