इङल्याण्डका पूर्व फुटबल प्रशिक्षक एरिक्सनलाई क्यान्सर « Khabarhub

इङल्याण्डका पूर्व फुटबल प्रशिक्षक एरिक्सनलाई क्यान्सर


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङल्याण्डका पूर्व प्रशिक्षक स्वेन-गोरन एरिक्सनले आफूलाई क्यान्सर भएको खुलासा गरेका छन्।

७५ वर्षीय एरिक्सनले आफूलाई क्यान्सर भएको र आफूसँग केही महिनामात्र बाँकी भएको बताएका हुन्। उनले आफ्नो क्यान्सर बारे गत वर्षमात्र थाहा भएको बताउँदै आफूले सकेसम्म यसविरुद्ध लड्ने बताएका छन्।

स्विडेनका एरिक्सनले एक रेडियो स्टेसनसँग कुरा गर्दै आफूले कठिनाइका बाबजुत आफ्नो जीवनको उत्कृष्ट वर्ष बिताउने बताएका छन्।

उनले गत वर्ष ५ किमीको दौडका क्रममा आफू अचानक ढलेपछि चिकित्सकले क्यान्सर रहेको पत्ता लागेको जानकारी दिएका छन्।

२००१ देखि २००६ सम्म इङल्याण्डको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक रहेका एरिक्सन त्यति बेला विश्वकै चर्चित फुटबल प्रशिक्षक थिए। उनले इङल्याण्डका अलावा मेक्सिको आइभेरीकोष्ट र फिलिपिन्सको समेत प्रशिक्षकको जिम्मेवारी निभाएका छन्।

त्यस्तै उनले लेस्टर सिटी, म्यानचेस्टर सिटी, एस रोमा, फियोरेन्टिना, साम्पडोरिया, बेनिफिका, लाजियो जस्ता क्लबको समेत प्रशिक्षकको रुपमा काम गरेका थिए।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ८ : २० बजे

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज