ठगी गरेको आरोमा एक जना पक्राउ | Khabarhub Khabarhub

ठगी गरेको आरोमा एक जना पक्राउ


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी डलर देखाएर रू पाँच लाख ठगी गरेको अभियोगमा प्रहरी वृत्त कीर्तिपुरको टोलीले सिन्धुपाल्चोक बाह्रविसेका ४३ वर्षीय कुमार तामाङ भन्ने हस्तबहादुर तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

यही पुस ९ गते कीर्तिपुर नगरपालिका–९ चोभार जलविनायक मन्दिरस्थित ललितपुर गोदावरीका ३६ वर्षीय विजय कुँवरलाई अमेरिकन डलर साट्ने भन्दै ५० अमेरिकन डलर देखाएर रू पाँचलाख ठगी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पक्राउ गरिएका तामाङले कुँवरलाई आफूले आठ हजार अमेरिकी डलर भेटाएको भनी भ्रममा पारेर पाँच लाख लिएर फरार भएका बताए । पक्राउ परेका निजलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ९ : ४७ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध