यमनका हुथी विद्रोहीमाथि अमेरिका र बेलायतको हवाई हमला « Khabarhub

यमनका हुथी विद्रोहीमाथि अमेरिका र बेलायतको हवाई हमला


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका र बेलायती सेनाले यमनमा हुथी विद्रोही समूहविरुद्ध हवाई आक्रमण गरेका छन् । बीबीसीका अनुसार विमान, जहाज र पनडुब्बीबाट एकसाथ आक्रमण गरिएको छ ।

यमनको राजधानी साना, हुदीदाहको बन्दरगाह, धामार सहर र उत्तर–पश्चिमी हुथी गढ सादामा एकसाथ आक्रमण भएको बताइएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ताले लाल सागरमा कार्गो पानी जहाजमाथि हुथी विद्रोहीले लगातार आक्रमण गरेपछि प्रतिकार सुरु गरिएको बताए । अमेरिकी रक्षा मन्त्रालयले नोभेम्बर १९ यता हुथी विद्रोहीले लाल सागरमा २७ वटा जहाजमा आक्रमण गरेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले रेड सी मा हूथी विद्रोहीले गत नोभेम्बरयता पानी जहाजहरूमाथि गरिरहेको आक्रमणको प्रतिक्रिया भएको बताएका छन्। हूथी विद्रोहीलाई इरानले समर्थन गरेको बताइन्छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पनि आक्रमणको पुष्टि गर्दै रोयल एयर फोर्सका युद्ध विमानहरूबाट निश्चित सैन्य निसानामा आक्रमण गरिएको बताएका छन्। उनले यो आक्रमण अत्यावश्यक र आत्मरक्षाको लागि चालिएको कदम भनेका छन् ।

हुथीहरूले इजरायल जाने जहाजलाई निशाना बनाउने गरेका छन् भने उनीहरूलाई इरानले समर्थन गरेको छ । हुथी सशस्त्र समूहले प्यालिस्टिनी लडाकु समूह हमासलाई समर्थन गर्दछन् ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ०४ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन