यमनका हुथी विद्रोहीमाथि अमेरिका र बेलायतको हवाई हमला « Khabarhub

यमनका हुथी विद्रोहीमाथि अमेरिका र बेलायतको हवाई हमला


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका र बेलायती सेनाले यमनमा हुथी विद्रोही समूहविरुद्ध हवाई आक्रमण गरेका छन् । बीबीसीका अनुसार विमान, जहाज र पनडुब्बीबाट एकसाथ आक्रमण गरिएको छ ।

यमनको राजधानी साना, हुदीदाहको बन्दरगाह, धामार सहर र उत्तर–पश्चिमी हुथी गढ सादामा एकसाथ आक्रमण भएको बताइएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ताले लाल सागरमा कार्गो पानी जहाजमाथि हुथी विद्रोहीले लगातार आक्रमण गरेपछि प्रतिकार सुरु गरिएको बताए । अमेरिकी रक्षा मन्त्रालयले नोभेम्बर १९ यता हुथी विद्रोहीले लाल सागरमा २७ वटा जहाजमा आक्रमण गरेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले रेड सी मा हूथी विद्रोहीले गत नोभेम्बरयता पानी जहाजहरूमाथि गरिरहेको आक्रमणको प्रतिक्रिया भएको बताएका छन्। हूथी विद्रोहीलाई इरानले समर्थन गरेको बताइन्छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पनि आक्रमणको पुष्टि गर्दै रोयल एयर फोर्सका युद्ध विमानहरूबाट निश्चित सैन्य निसानामा आक्रमण गरिएको बताएका छन्। उनले यो आक्रमण अत्यावश्यक र आत्मरक्षाको लागि चालिएको कदम भनेका छन् ।

हुथीहरूले इजरायल जाने जहाजलाई निशाना बनाउने गरेका छन् भने उनीहरूलाई इरानले समर्थन गरेको छ । हुथी सशस्त्र समूहले प्यालिस्टिनी लडाकु समूह हमासलाई समर्थन गर्दछन् ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ०४ बजे

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं– चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

काभ्रे– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान

वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि रिलायन्सको साधारण सेयर बिक्री

काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स