१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त « Khabarhub

१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौँएशियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता एशियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरु हुदै छ । एशियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिँदै छन् । 

अघिल्लो वर्ष १६ जुन देखि १६ जुलाईसम्म चीनमा आयोजना हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण चीनले आयोजना नगर्ने भनेपछि कतारले आयोजना गर्ने भएको हो । आजदेखि शुरु हुने एशियन फुटबलको यस महाकुम्भका खेलहरू २०२२ को विश्वकप फुटबल खेलिएका सात स्टेडियममा हुने छन् ।

यस प्रतियोगितामा ताजकिस्तानले पहिलो पल्ट भाग लिँदै छ भने हङकङ ५६ वर्षपछि  एशियन कपमा कमब्याक गरेको छ । त्यस्तै इन्डोनेसिया र मलेसियाले २००७ पछि पहिलो पल्ट एशियन कप खेल्दै छन् । त्यस्तै यस प्रतियोगितामा सार्क देशबाट भारत मात्र सहभागी रहेको छ ।

सहभागी २४ देशलाई ६ समुहमा विभाजन गरिएको छ । जसबाट हरेक समुहका विजेता र उपविजेता राउण्ड १६ मा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ४ देशले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गर्ने छन् ।

एशियन कपको समुह ए मा आयोजक कतारसहित चीन, ताजकिस्तान र लेबनान रहेका छन् भने समुह बी मा अस्ट्रेलिया, उज्बेकिस्तान, भारत र सिरिया रहेका छन् । त्यस्तै समुह सी मा इरान, युएई, हङकङ र प्यालेस्टाइन रहेका छन् भने समुह डी मा जापान, इन्डोनेसिया, इराक र भियतनाम रहेका छन् ।

त्यसैगरी समुह इ मा दक्षिण कोरिया, मलेसिया, जोर्डन र बहराइन रहेका छन् भने समुह एफ मा साउदी अरेबिया, थाइल्याण्ड, किर्गिस्तान र ओमान रहेका छन् । 

एशियन कपको उद्घाटन खेलमा आज एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक कतारले लेबनानको सामना गर्ने छ । यो खेल नेपाली समय अनुसार रति ९ स् ४५ बजेदेखि शुरु हुने छ ।

 


प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १२ : ११ बजे

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले