१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त | Khabarhub Khabarhub

१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौँएशियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता एशियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरु हुदै छ । एशियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिँदै छन् । 

अघिल्लो वर्ष १६ जुन देखि १६ जुलाईसम्म चीनमा आयोजना हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण चीनले आयोजना नगर्ने भनेपछि कतारले आयोजना गर्ने भएको हो । आजदेखि शुरु हुने एशियन फुटबलको यस महाकुम्भका खेलहरू २०२२ को विश्वकप फुटबल खेलिएका सात स्टेडियममा हुने छन् ।

यस प्रतियोगितामा ताजकिस्तानले पहिलो पल्ट भाग लिँदै छ भने हङकङ ५६ वर्षपछि  एशियन कपमा कमब्याक गरेको छ । त्यस्तै इन्डोनेसिया र मलेसियाले २००७ पछि पहिलो पल्ट एशियन कप खेल्दै छन् । त्यस्तै यस प्रतियोगितामा सार्क देशबाट भारत मात्र सहभागी रहेको छ ।

सहभागी २४ देशलाई ६ समुहमा विभाजन गरिएको छ । जसबाट हरेक समुहका विजेता र उपविजेता राउण्ड १६ मा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ४ देशले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गर्ने छन् ।

एशियन कपको समुह ए मा आयोजक कतारसहित चीन, ताजकिस्तान र लेबनान रहेका छन् भने समुह बी मा अस्ट्रेलिया, उज्बेकिस्तान, भारत र सिरिया रहेका छन् । त्यस्तै समुह सी मा इरान, युएई, हङकङ र प्यालेस्टाइन रहेका छन् भने समुह डी मा जापान, इन्डोनेसिया, इराक र भियतनाम रहेका छन् ।

त्यसैगरी समुह इ मा दक्षिण कोरिया, मलेसिया, जोर्डन र बहराइन रहेका छन् भने समुह एफ मा साउदी अरेबिया, थाइल्याण्ड, किर्गिस्तान र ओमान रहेका छन् । 

एशियन कपको उद्घाटन खेलमा आज एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक कतारले लेबनानको सामना गर्ने छ । यो खेल नेपाली समय अनुसार रति ९ स् ४५ बजेदेखि शुरु हुने छ ।

 


प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १२ : ११ बजे

मैले हर्कलाई छोडेको होइन, बेवास्ता गरेपछि कुलमानसँग जोडिएँ : डकेन्द्रसिंह थेगिम (अन्तर्वार्ता)

काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

काठमाडौं– नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब

मधेशमा सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव, प्रदेश सभा सचिवालयमै दुई पक्षबीच कुटाकुट

काठमाडौं- पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सात दलले मधेश प्रदेशका

आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण

काठमाडौं– नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई