चार दिनपछि मेलम्चीको पानी काठमाडौँ पुग्ने | Khabarhub Khabarhub

चार दिनपछि मेलम्चीको पानी काठमाडौँ पुग्ने


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ । 

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उनले बताए। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ । 

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए। आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधबार साँझदेखि काठमाडौँका लागि पानी पठाइएको सिनियर डिभिजनल इञ्जिनियर कुँवरले बताए। 

उनका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र आवश्यक मेसिन परिचालन गरेको थियो । खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने घोषणासमेत गरेका थिए । मेलम्चीको पानी तत्काल काठमाडौँ ल्याउन मन्त्री यादवले तीन पटक स्थलगतरुपमा अनुगमनसमेत गरेका थिए ।

बाढीका कारण रोकिएको पानी काठमाडौँ ल्याउन मन्त्री यादवसहित खानेपानी सचिव सुरेश आचार्य र मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक अन्सारी सक्रियरुपमा लागेको मन्त्री यादवका स्वकीय सचिव टंक धमलाले जानकारी दिए।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १ : ५६ बजे

नेपाल-चीन मित्रता वर्णन गर्ने दस्तावेज, ‘सुमधुर सम्बन्धका ७० साल’

काठमाडौं- नेपाल र उत्तरी छिमेकी जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध

एकीकृत समाजवादीले सोध्यो नेत्री झाँक्रीलाई स्पष्टीकरण

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण

मोहन बस्नेतलाई इङ्गित गर्दै गगनको चेतावनी- फोहोर चलाएर फोहोरी बन्दिनँ 

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री

यस्तो छ फराकिलो बनाउने भनिएको चोभार गल्छी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको चोभार गल्छी आसपास थुप्रिएका गेग्रान र ढुंगाहरु हटाएर