‘वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु’ « Khabarhub

‘वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु’


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताए ।

महिलाको स्तन क्यान्सर भए-नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपिडी सेवाको सुरुआत र विशिष्ट व्यक्तिहरूको उपचारका लागि छुट्टै वार्डको व्यवस्थाले सकारात्मक सन्देश दिएको बताए। उनले क्यान्सरको उपचार व्यवस्थासँगै मुटुरोगसम्बन्धी उपचारको पनि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले ‘थ्रिडी टेक्नोलोजी’सहित नतिजा हेर्न सकिने उत्कृष्ट मेसिन जडान गरेको जानकारी दिए। उनले सघन उपचार कक्षको क्षमता बढाउनुका साथै अब आउने नयाँ शैक्षिकसत्रदेखि एमबिबिएस पढाई हुने व्यवस्था गरिएको बताए।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ५१ बजे

तस्बिरमा हेर्नुहोस्, पोखरा र काठमाडौंको प्रतिस्पर्धा

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो

एनपीएल : भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

काठमाडौं– काठमाडौँ गोर्खाजका भीम सार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा

गुण्डुमा बनाउन थालियो ‘ओली कुटी’, राधिकाले गरिन् शिलान्यास

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा

घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने

काठमाडौंविरुद्ध पोखराको ऋषिको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको