डब्ल्यूटीओको व्यापार तथा विकास समितिको अध्यक्षमा राजदूत सुवेदी निर्वाचित « Khabarhub

डब्ल्यूटीओको व्यापार तथा विकास समितिको अध्यक्षमा राजदूत सुवेदी निर्वाचित


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार संगठनको व्यापार तथा विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन्।

१२ जनवरी २०२४ मा संगठनको बसेको जनरल काउन्सिलको बैठकले राजदूत सुवेदीलाई आगामी एक वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो ।

बैठकले नेपालका राजदूतसहित विभिन्न समितिको अध्यक्ष पदमा निर्वाचनका लागि गरेको प्रस्तावमा विश्व व्यापार सङ्गठनका सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए । नेपाल सन् २००४ मा डब्ल्यूटीओको सदस्य भएयता टियर १ तहको अध्यक्ष पदमा पहिलोपटक नेपालका राजदूत नियुक्त भएका हुन्।

राजदूत सुवेदीले उक्त पदमा उम्मेदवारीका लागि आसय व्यक्त गर्दा नै आफू सहमतिको अध्यक्ष हुन चाहेको बताएका थिए। यसका लागि परराष्ट्रमन्त्री एनपी साउदले कूटनीतिक पहल गरेका थिए । उनको पहल कदमीले सार्थकता पाउँदै विश्व व्यापार संगठनको महत्त्वपूर्ण पदको नेतृत्व गर्न नेपाल सफल भएको हो ।

विश्व व्यापार संगठन मूलतः अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय हो । तर, पछिल्ला छलफल तथा बहसहरू विकास र व्यापारमा केन्द्रित हुने गरेका छन् । विशेषगरी अतिकम विकसित मुलुक र विकासशील मुलुकका प्राथमिकता विकास र व्यापारमा केन्द्रित रहने गरेका छन् । राजदूत सुवेदीले यस महत्त्वपूर्ण पदमा भएको निर्वाचनले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा भिजिवल बनाउनुका अतिरिक्त विकसित, विकासशील र अतिकम विकसित मुलुक र विकास साझेदारहरूलाई संयोजन गर्ने अवसर प्राप्त भएको बताए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ०२ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको