सामाजिक सेवालाई राजनीतिक आँखाले हेर्न हुँदैन : आरजु राणा « Khabarhub

सामाजिक सेवालाई राजनीतिक आँखाले हेर्न हुँदैन : आरजु राणा


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपाली कांग्रेसकी नेता डा आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक दृष्टिल हेर्न नहुने धारणा राखेकी छन् । जाजरकोटका भूकम्पपीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ तथा पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरणका अवसरमा उनले सामाजिक सेवामा राजनीति घुसाउन नहुने बताइन् ।

नेता राणाले भनिन्, “यो सामाजिक सेवा हो, पार्टीगत कुरा हँुदैन, यसमा राजनीति छैन, जसलाई पर्छ उसैलाई सहयोग गर्ने हो । तरुण दलले जागरकोट पुगेर घर बनाउने काम ग¥यो त्यसपछि तरुण दलकै विश्वासमा उहाँहरुसँगै यी सामग्री पीडितका लागि पठाइएको हो ।”

प्रतिनिधिसभा सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहेकी डा राणाले विपद्का बेला नागरिकलाई सहयोग गर्नु दायित्व भएको बताइन् । उनले भनिन्, “सामाजिक कार्यकर्ता भएको नाताले पहिलेदेखि सहयोग गर्दै आएको हो, जाजरकोट भूकम्पका कारण गर्भवती, सुत्केरीलाई धेरै गाह्रो छ भन्ने जानकारी आएपछि सहयोगका लागि यहाँ आएका हौँ ।”

त्यस अवसरमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आफूहरु भूकम्पपछि जाजरकोट पुगेर अस्थायी टहरा निर्माण गरी फर्केको र भूकम्पपीडितको अवस्था अत्यन्त दयनीय रहेको बताइनु । “त्रिपालमुनि बसेका ७२ परिवारलाई हामीले १० दिनभित्र अस्थायी टहरामा सार्न सफल भयौँ”, उनले भनिन्, “यी सामग्री हामी जाजरकोटका पीडितको हातमा पु¥याउँछौँ ।”

डिग्निटी किट एवम् पौष्टिक तथा पोषिलो आहारसहितको एक हजार थान झोला भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई वितरण गरिनेछ ।

अठार प्रकारको सामग्री भएको किटको सङ्ख्या पाँच सय थान र १५ प्रकारको सामग्री भएको किटको संख्या पाँच सय थान छ । वितरण गरिने सामग्रीमा ज्याकेट तथा ट्राउजर, उनीको मोजा, स्यानेटरी प्याड, बच्चाको कम्मल र कपडा, तौलियालगायत छन् ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ४६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको