प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि, सात प्रदेश र तीन विभागीय टोली सहभागी « Khabarhub

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि, सात प्रदेश र तीन विभागीय टोली सहभागी


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि सुरु हुँदैछ ।

माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मी सहभागी छन् ।

हरेक टोलीले एक–अर्काविरुद्ध एक–एक पटक खेलेपछि शीर्ष दुईमा पुग्ने टोलीले फाइनल खेल्ने छन् । यस पटक पीएम कप प्रतियोगिता पहिलो पटक काठमाडौँ बाहिर भैरहवामा पनि सञ्चालन हुँदैछ ।

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको पहिलो दिन तीन खेल हुने तालिका रहेको छ । जसमा कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बागमती प्रदेशले नेपाल पुलिसको सामना गर्ने छ भने मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेशले मधेश प्रदेशको सामना गर्ने छ ।

यस्तै, भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : २७ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका