अफ्रिकन कप फुटबल आजदेखि सुरु हुँदै, २४ देश सहभागी « Khabarhub

अफ्रिकन कप फुटबल आजदेखि सुरु हुँदै, २४ देश सहभागी


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ३४औँ अफ्रिकन कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । आइभरी कोष्टले आयोजना गर्ने प्रतियोगितामा अफ्रिकाका २४ देशले भाग लिदैछन् ।

आज हुने उद्घाटन खेलमा आयोजक आइभरी कोष्ट र गिनी–बिसाउ खेल्ने तालिका रहेको छ । खेल नेपाली समयअनुसार राति १ः४५ सुरु हुनेछ ।

प्रतियोगिताको समुह ‘ए’ मा आइभरी कोष्ट, नाइजेरिया, इक्वेटोरियल गिनी र  गिनी–बिसाउ रहेका छन् । यस्तै, समुह ‘बी’ मा इजिप्ट, घाना, केप भर्डे र मोजाम्बिक रहेका छन् ।

त्यस्तै समुह ‘सी’ मा सेनेगल, क्यामरुन, गिनी र गाम्बिया रहेका छन् भने समुह ‘डी’ मा अल्जेरिया, बुर्किना फासो, मौरिटानिया, एंगोला रहेका छन् ।

त्यसैगरी समुह ‘ई’ मा ट्युनिसिया, माली, दक्षिण अफ्रिका र नामिबिया छन् भने समुह ‘एफ’मा मोरक्को, डिआर कंगो, जाम्बिया र तान्जानिया रहेका छन् ।

प्रतियोगितामा ६ समुहका विजेता र उपविजेता अन्तिम १६ मा पुग्ने छन् । तेस्रो स्थानमा रहेका शीर्ष चार देशले अन्तिम १६ मा स्थान बनाउने छन् ।

अफ्रिकन कपको उपाधि सबैभन्दा बढी इजिप्टले ७ पटक जितेको छ भने क्यामरुनले ५, घानाले ४, नाइजेरियाले ३, आइभरी कोष्ट, अल्जेरिया र डिआर कंगोले २–२ पटक जितेका छन् ।

प्रतियोगिताको फाइनल खेल ११ फेब्रुअरीमा हुनेछ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ४५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको