चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द « Khabarhub

चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन बन्द गरिएको हो ।

जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् । केहीले बिदा दिने तयारी गरिरहेका छन् ।

सोलु दूधकुण्ड नगरपालिकामा ६२ सामुदायिक विद्यालयमध्ये ५८, खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ विद्यालयमध्ये १४ र थुलुङ दूधकोशी गाउँपालिकामा ५१  विद्यालयमध्ये सात  विद्यालय बन्द भइसकेका छन् ।

यस्तै महाकुलुङ गाउँपालिकामा १९ मध्ये आठ, लिखुपिके गाउँपालिकामा २२ विद्यालयमध्ये ६,  नेचासल्यान गाउँपालिकामा ३६ विद्यालयमध्ये चार तथा मध्यदूधकोशी गाउँपालिकामा ३९ विद्यालयमध्ये चार विद्यालय बन्द भएको कार्यालयले जनाएको छ ।

हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस/माघमा जाडो बिदा दिने गरेका छन् । यहाँ चिसोका कारण शिक्षक बस्न नसक्ने तथा विद्यार्थीलाई समेत कठिन हुने भएकाले पुस दोस्रो साताबाटै विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्यापक चेतबहादुर मगरले बताए ।

यस्तै जिल्लाको माथिल्लो खुम्बु क्षेत्रको विद्यालय पुस लाग्दै बन्द गरिएका छन् । उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताए ।

सोताङ गाउँपालिका क्षेत्रका कुनै पनि विद्यालयले जाडो बिदा दिएका छैनन् । सोताङ न्यानो ठाउँ भएकाले त्यहाँको कुनै पनि विद्यालय बन्द नगरिएको गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले बताए । 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ११ : ०५ बजे

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौं– अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि बढाइएका

न्यूयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

एजेन्सी– सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

मान्म– नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन