बर्सेनि धान बालीको क्षेत्रफल घट्दै | Khabarhub Khabarhub

बर्सेनि धान बालीको क्षेत्रफल घट्दै


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गत वर्ष गण्डकी प्रदेशमा एक लाख चार हजार एक सय ८४ हेक्टरमा धान खेती गरिएको थियो । यस वर्ष घटेर धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माका अनुसार दुई वर्षअघि धान खेतीको क्षेत्रफल एक लाख १२ हजार दुई सय २७ हेक्टर थियो । पछिल्ला वर्ष धान बालीको क्षेत्रफल घट्दै गएको उनले बताए ।

उनले धान खेतीको क्षेत्रफल घटेपनि यस वर्ष उत्पादकत्व भने बढेको बताए । ‘गत वर्ष एक लाख चार हजार एक सय ८४ हेक्टरमा तीन लाख ७५ हजार तीन सय ३२ मेट्रिक टन धान उत्पादन भएको थियो’, कृषि प्रसार अधिकृत शर्माले भने, ‘यस वर्ष ९६ हजार ५३ हेक्टरमा धान खेती गरिएकामा तीन लाख ६८ हजार सात सय ८९ मेट्रिक टन उत्पादन भएको हो ।’

गत वर्ष प्रतिहेक्टर ३ दशमलव ६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर ३ दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ ।

समयमै वर्षात् र रासायनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बीउबिजन आदि कारणले धानको उत्पादकत्व वृद्धि भएको कृषि प्रसार अधिकृत शर्माले बताए ।

गण्डकीमा बर्सेनि धानको उत्पादकत्वमा घटबढ भइरहेको निर्देशनालयको तथ्याङ्कले देखाउँछ । आव २०७८–७९ मा प्रतिहेक्टर ३ दशमलव ४३ मेट्रिक टन धान उत्पादन भएको थियो भने त्यसको अघिल्लो वर्ष तीन दशमलव पाँच मेट्रिक धन धान उत्पादन भएको थियो ।

प्रतिकुल मौसम, मल अभाव, कमसल बीउबिजनजस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने गरेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए ।

प्रमुख रेग्मीले यस वर्ष धानको उत्पादकत्व वृद्धि भए पनि क्षेत्रफल घटेकाले समग्र धानको उत्पादन भने घटेको बताए । धान खेतीको क्षेत्रफल घट्नुमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु पहिलो कारण रहेको उनको भनाइ छ ।

उनले सिँचाइ, खेती प्रणालीमा सुधार, रोक कीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके किसानले अझ धेरै धान फलाउन सक्ने बताए ।

गण्डकीमा बागलुङको गलकोट, बलेवा, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार, वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी, मध्यविन्दु, पर्वतको फलेवासलगायत बढी धान उत्पादन हुने क्षेत्र हुन् ।

हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीबाहेक गण्डकीका नौ वटै जिल्लामा धान खेती हुँदै आएको छ । किसानले राम, सुनौलोसुगन्धा, लोकतन्त्र, खुमल, सुधारिएको जेठोबुढोलगायत स्थानीय जातको धान खेती गर्दै आएका छन् । यहाँ बर्खे र चैते गरी दुई याममा धान खेती हुने गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ११ : ५८ बजे

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको

टी–२० आईमा किरण र रुपेशको डेब्यु

स्कटल्यान्ड – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र