कार्गो जहाजमाथि थप आक्रमणको धम्कीपछि यमनमा अमेरिकी आक्रमण « Khabarhub

कार्गो जहाजमाथि थप आक्रमणको धम्कीपछि यमनमा अमेरिकी आक्रमण


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

साना– इरान समर्थित लडाकूसमूहले ‘रेड सी’ मा पानी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शनिबार पुनः आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

प्यालेस्टिनी लडाकू समूह हमाससँग इजरायलले गरिरहेकोे युद्ध प्यालेष्टिनी थप क्षेत्रमा बिस्तार हुने देखिएपछि यमनी हुथी समूहले आफ्नो क्षेत्रीय सहयोगी हमासलाई सहयोग गर्दै इजरायलको युद्ध बिस्तारविद्ध चेतावनी दिएको हो । यमनले ‘रेड सी’ मा इजरायल सम्वद्ध जहाजमाथि आक्रमण बढाएको एक दिनपछि हुथीको राडार साइटमा आक्रमण भएको हो ।

इरान समर्थित लडाकूको सरकारी सञ्चारमाध्यमले यसअघि यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा रहेको अल–दैलामी एयरबेसमा आक्रमण भएको जनाएको थियो । इजरायल–हमास युद्धको विरोधमा हप्तौंदेखि इजरायलसँग जोडिएको पानीजहाजमा आक्रमण गर्दै आएका हुथी विद्रोहीले पहिलो आक्रमणपछि अमेरिका र बेलायतको स्वार्थ ‘वैध निशाना’ भएको चेतावनी दिएका छन् ।

बेलायत, संयुक्त राज्य अमेरिका र आठ सहयोगी राष्ट्रले शुक्रबार गरिएको हवाई आक्रमणको उद्देश्य ‘तनाव कम गर्ने’ रहेको बताएका छन् तर हुथी विद्रोहीले आक्रमण जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

विद्रोहीका उपविदेशमन्त्री हुसेन अल एज्जीले संयुक्त राज्य अमेरिका र बेलायतले ठूलो मूल्य चुकाउन तयार हुनुपर्ने बताएका छन् । सन् २०१४ मा गृहयुद्ध सुरु भएदेखि नै विद्रोहीहरूले यमनको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएका छन् र इजरायल र यी गतिविधि उसका सहयोगीहरूविरुद्ध इरान समर्थित ‘प्रतिरोधको उच्चतम्’ हिस्सा हुन् । 

यमन, लेबनान, इराक र सिरियामा अक्टोबरको सुरुमा गाजामा युद्ध सुरु भएयता इरानसमर्थित समूहमाथि हिंसा बढेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले क्षेत्रीय शान्ति र स्थायित्वका लागि सबै पक्षलाई तनाव नबढाउन आग्रह गर्नुभएको महासचिवका प्रवक्ता स्टेफन दुजारिकले जानकारी दिए ।

हुथी विद्रोहीले पानीजहाजमाथि गरेको आक्रमण तत्काल रोक्न माग गर्दै प्रस्ताव पारित गरेको केही दिनपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार आपतकालीन बैठक बोलाएको थियो ।

भेटमा अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले हुथी विद्रोहीले ‘रेड सी’ मा पानीजहाज सञ्चालन गर्दा हुने खतराबाट कुनै पनि जहाज सुरक्षित नरहेको चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  २ : ३० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर