यमनमा अमेरिकी हमला जारी « Khabarhub

यमनमा अमेरिकी हमला जारी


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हुथी विद्रोहीविरुद्ध सैन्य अभियान जारी रहँदा यमनमा अमेरिकाले यमनमा आक्रमणलाई निरन्तरता दिएको छ । पछिल्लो आक्रमणमा अमेरिकी लडाकु विमानले हुथी विद्रोहीले प्रयोग गर्ने रडार प्रणालीलाई निशाना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । गाजा क्षेत्रमा इजरायलले हमास लडाकुविरुद्ध सैन्य कारवाही गरेसँगै हमासको समर्थनमा हुथी विद्रोहीले लाल सागर भएर ओहोर दोहोर गर्ने जहाजलाई लक्षित गरी हमला गर्दै आएका छन् ।

लाल सागर भएर ओहोर दोहोर गर्ने जहाजलाई लक्षित गरी हुथी विद्रोहीले आक्रमण तीव्र पारेसँगै गत बिहीबारबाट अमेरिका र बेलायतले संयुक्त रुपमा पनडुब्बी, लडाकु विमान र युद्धपोतले सैन्य अभियान सञ्चालन गरेका हुन् । हुथी विद्रोहीसम्बद्ध अल माशिरा टेलिभिजनले जनाएअनुसार अमेरिकी र बेलायती सेनाले राजधानी सानालाई लक्षित गरी हमला गरेका छन् । त्यसबाहेक यमनको तेस्रो ठूलो सहर ताइज र बन्दरगाह सहर होदेइदामा पनि आक्रमण भएको बताइएको छ ।

लाल सागरमा तैनाथ अमेरिकी युद्धपोत ‘कार्ने’ बाट प्रहार गरिएका तोमाहक क्षेप्यास्त्रले आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले जनाएको छ । स्थानीय समयअनुसार शनिबार सबेरै गरिएको आक्रमणले ‘व्यवसायिक तथा अन्य जहाजमाथि आक्रमण गर्ने हुथी विद्रोहीको क्षमतालाई घटाइदिने’ अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले जनाएको छ ।

हुथी विद्रोहीले आक्रमणको बदला लिने चेतावनी दिएपनि अमेरिकी राष्ट्रपति जो बाइडेनले लाल सागरमा जहाजलाई लक्षित गरी आक्रमण नरोकेसम्म थप आक्रमण गर्ने दृढता व्यक्त गरेका थिए । ‘उनीहरुले यस्तो निर्लज्ज हर्कत नरोकेसम्म हामीले हुथीविरुद्ध कदम चाल्नेछौँ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अमेरिकी प्रशासन ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले प्रारम्भीक हमलाले हुथी विद्रोहीको ड्रोन र क्षेप्यास्त्र भण्डारण गर्ने, प्र्रक्षेपण गर्ने र दिशा निर्देश गर्ने क्षमतालाई लक्षित गरिएको जानकारी दिएका छन् । अमेरिकी रक्षा प्रशासन पेन्टागनले आक्रमणले २८ स्थानमा ६० निशानालाई लक्षित गरी हमला गरिएको जानकारी दिएको छ । हुथी विद्रोहीले यस हमलामा आफ्ना ५ जना लडाकु मारिएको पुष्टि गरेको छ । त्यसैगरी लाल सागरमा जहाजमाथिको हमला नरोकिने पनि हुथी विद्रोहीले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : १० बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार