प्रधानमन्त्री कपमा पुलिस र लुम्बिनीको विजयी सुरुवात « Khabarhub

प्रधानमन्त्री कपमा पुलिस र लुम्बिनीको विजयी सुरुवात


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्।

नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको छ। पुलिसले दिएको २८३ रनको लक्ष्य पछाएको बागमतीले ४२.३ ओभरमा अल आउट हुँदै २१४ रन बनाएको हो । यस अघि पहिला ब्याटिङ गर्दै पुलिसले ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो।

त्यस्तै आजै भैरहवामा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ।

गण्डकी प्रदेशले दिएको ११२ रनको लक्ष्य पछाएको लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिङ गरेको गण्डकी ३४.४ ओभरमा अलआउट हुँदै १११ रन मात्र बनाएको थियो । 

खराब मौसममा कारण यो खेल ४२-४२ ओभर मात्र खेलाइएको थियो।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : १० बजे

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले