भारत र साउदी अरबबीच हजसम्बन्धी सम्झौता « Khabarhub

भारत र साउदी अरबबीच हजसम्बन्धी सम्झौता


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जेद्दा- भारत र साउदी अरबबीच सन् २०२४ का लागि हजसम्बन्धी सम्झौता भएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार महिला बालबालिका विकास एवम् अल्पसङ्ख्यक मामिलासम्बन्धी भारतीय मन्त्री स्मृति इरानी र साउदी अरबका हज तथा उमराह मामिलामन्त्री तौफिक बिन फवजान रबियाबीच हजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

भारतीय विदेश राज्यमन्त्री भी मुरलिधरणको उपस्थितीमा साउदी अरबको जेद्दा शहरमा भएको सम्झौता अनुसार साउदी अरबले सन् २०२४ मा भारतबाट १ लाख ७५ हजार २५ जनालाई हज गर्न अनुमति दिनेछ ।

तीमध्ये १ लाख ४० हजार २० जना भारतको हज समितिमार्फत् त्यसतर्फ जानेछन् । त्यसबाहेक ३५ हजार ५ जना भने अन्य हज यात्रा सञ्चालक समूहमार्फत् जाने जनाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ४ : ४० बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा