‘नेर्पा भुलभुले’ फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई « Khabarhub

‘नेर्पा भुलभुले’ फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ७ दोर्पाचिउरीडाँडाले जितेको छ ।

दिक्तेल रूपाकोट मझुवागढी– ६ मा शनिबार  सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्ट्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधि हात पारेको हो ।

उपाधिसँगै दोर्पाचिउरीडाँडाले एक लाख ५० हजार तथा उपविजेता नेर्पा स्पोर्ट्स क्लबले ७५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दोर्पाचिउरीडाँडाका लागि दुवै गोल बिजु भुजेलले गरेका थिए । यस्तै, नेर्पा स्पोर्ट्स क्लबका लागि सुरज राईले गोल गरेका थिए । प्रतियोगितामा सेमिफाइन खेलेका रतन्छा र दोर्पाबुवालुङ टोलीलाई २५–२५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा दोर्पाचिउरीडाँडाका बिजु भुजेल सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट प्रशिक्षक दोर्पाचिउरीडाँडाकै दिपेश राई चुनिए ।

विजेता टोली तथा खेलाडीलाई सांसद रामकुमार राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

यही पुस २२ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १८ टोली सहभागी भएका थिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ०२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको