इंग्लिस प्रिमियर लिग : न्युक्यासलविरुद्ध म्यानचेस्टर सिटीको रोमाञ्चक जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : न्युक्यासलविरुद्ध म्यानचेस्टर सिटीको रोमाञ्चक जित


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा न्युक्यासललाई ३–२ गोलले हराउँदै सिटी विजयी भएको हो ।

सिटीका लागि बर्नार्डो सिल्भा, केभिन डी ब्रुयना र ओस्कार बबले एक–एकगोल गरेका थिए । घरेलु टोली न्युक्यासलका एलेसान्डर इशाकएन्टोनी गोर्डोनले एक–एक गोल फर्काएका थिए ।

सिटीका सिल्भाले खेलको २६औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ३५औँ मिनेटमा इशाकले गोल फर्काउँदै न्यूकासललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, ३७औँ मिनेटमा गोर्डोनले गोल गर्दै न्युक्यासललाई २–१ गोलले अगाडि बढाए । खेलको ७४औँ मिनेटमा सिटीका डिब्रुयनले गोल गर्दै टोलीलाई २–२ गोलको बराबरीमा त्याए । त्यसपछि ९०औँ मिनेटमा  बबले गरेको गोलसँगै म्यानचेस्टर सिटी विजयी बन्यो ।

यो जितसँगै २० खेलबाट ४३ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले पछि छ । पराजित भएको न्युक्यासल २१ खेलबाट २९ अंकसहित १०औँ स्थानमा छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : ३८ बजे

‘हे भगवान् ! अब उप्रान्त मेरो देशमा कहिल्यै यस्तो नहोस्’

काठमाडौं- नेकपा एमालेसँग सम्बन्ध रहेकै आधारमा गत भदौ २४ गते

चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

बैंकिङ अपराधमा सीआईबीको सक्रियता, किन कमजोर बन्यो राष्ट्र बैंक ?

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रभुख बैंकमा छिरेपछि

सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको