न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च हाताभित्र आत्मदाह प्रयास « Khabarhub

न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च हाताभित्र आत्मदाह प्रयास


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालतको हाताभित्रै आत्मदाहको प्रयास गरेकी छिन् । उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

शरीरमा पेट्रोल खन्याउन लाग्दा प्रहरीले उनलाई रोकेको थियो । हाल उनी प्रहरीको नियन्त्रणमा छिन् ।

पत्नी आरतीले न्यायाधीश  गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । उनले गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छिन् ।

आफूमाथि बैबाहिक बलात्कार गरेको, घरेलु हिंसा गरेको र अदालतको अवहेलना गरेको लगायतको आरोप आरतीले लगाउँदै आएकी छन् । आरतीले न्यायाधीश गिरीविरुद्ध महिला आयोगमा समेत उजुरी दिएको तर न्याय नपाएको गुनासो गर्दै आएकी थिइन् ।

न्यायाधीश भुवन गिरी

न्यायाधीश भुवन गिरीमाथि घरेलु हिंसाको आरोप लागेपछि ०७९ फागुनदेखि उनी जिम्मेवारीविहीन छन् । गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गिरीलाई गत चैत २८ गते काठमाडौंबाट पक्राउ गरी कपिलवस्तु लगेको थियो ।

गिरीलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा मुक्त गरेको थियो ।

आरतीले गत असार ८ गते उनले जिल्ला अदालतको हातामै न्यायाधीश गिरीमाथि जुत्ता प्रहार गरेकी थिइन् । वैवाहिक बलात्कार मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि उनले जुत्ता प्रहार गरेकी थिइन् ।

श्रीमानले श्रीमतीमाथि जबरजस्ती करणी गरेमा ३ देखि ५ वर्षसम्म कैद सजाय हुने कानूनमा व्यवस्था छ ।

यो पनि…

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौँ जिल्ला अदालतमा पूर्वन्यायाधीश गिरीमाथि जुत्ता प्रहार

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : १३ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व