स्वास्थ्य मन्त्रालयले बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्ने « Khabarhub

स्वास्थ्य मन्त्रालयले बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्ने


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजार र उपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ । सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयले नीति अनुसार नै नयाँ उपकरण किन्नुभन्दा पनि बिग्रिएका तथा पुराना उपकरणको मर्मत गरी सञ्चालन गर्न थालेको बताए ।

“स्वास्थ्यका धेरै उपकरण बिग्रेर सञ्चालन भएका छैनन् । ती उपकरणलाई हामीले मर्मत गरी सञ्चालन गरिरहेका छौँ”, उनले भने । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले पुराना तथा बिग्रिएका उपकरणको मर्मत गरी सञ्चालन गर्नका लागि ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ । महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले सातवटै प्रदेशमा अहिले पुराना, नचल्ने उपकरण मर्मत गरी सञ्चालन गर्ने कार्य भइरहेको जानकारी दिए ।

उनका अनुसार मधेश र कोशी प्रदेशबाहेक सबै प्रदेशमा वर्कसप स्थापना गरिएको छ । “पुराना, बिग्रिएका सामान मर्मत गरी सञ्चालन हुन्छन् भनेर पुराना उपकरण मर्मत गरिरहेका छौँ”, चौरसियाले भने, “यसले गर्दा राज्यको पैसा पनि बचत हुने र पुराना उपकरण मर्मत भई प्रयोगमा ल्याउन सकिन्छ । कम खर्चमा स्वास्थ्य उपकरण प्रयोग गर्न सकेमा अस्पतालहरुमा आवश्यकताअनुसार उपकरण उपलब्ध गराउन पनि सकिन्छ ।”

उनका अनुसार वर्कसप प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको हो । बायोमेडिकल इञ्जिनियरिङको समूहले ती बिग्रेका, थन्किएका स्वास्थ्य उपरकणको मर्मत गरी सञ्चालन गर्न मिल्ने बनाउने गरेका छन् । वर्कसपमा सिटी स्क्यान, भिडियो एक्सरे, एक्सरे, इको, इसिजीलगायत उपचारात्मक उपकरणको मर्मतसम्भार हुने गरेको छ ।

मधेश प्रदेशमा बजेट विनियोजन भइसकेकाले चालु आर्थिक वर्षमा वर्कसप स्थापना गरिने चौरसियाले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशमा विश्व बैंकसँग वर्कसप स्थापना गर्नका लागि मन्त्रालयले सम्झौता गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : २१ बजे

चितवन–२ बाट रास्वपा सभापति लामिछाने विजयी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन

सुनसरी– १ : हर्क साम्पाङले लिए अग्रता, रास्वपाकी गोमा पछ्याउँदै

सुनसरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम

जसपा छोड्दा ओलीले स्वागत गरेका राईले एमालेलाई दिलाए पहिलो जित

काठमाडौं – बाँके–२ मा नेकपा एमालेका उम्मेदवार इस्तियाक राई विजय

झापा–२ : रास्वपाकी उम्मेदवार रानामगर करिब १७ हजार मतले अगाडि

झापा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ मा

रामेछापमा नेकपाका उम्मेदवार श्रेष्ठ अगाडि

काठमाडौं– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको