‘१२ गाउँ’ मा विराजका बाबुछोराको एक्सन | Khabarhub Khabarhub

‘१२ गाउँ’ मा विराजका बाबुछोराको एक्सन

छोरालाई 'बिग एक्सन फिल्म' मा डेब्यू गराउने दाबी


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता विराज भट्टका छोरा समीरले फिल्म ‘१२ गाउँ’ मार्फत नेपाली चलचित्रमा डेब्यू गर्ने पक्का भएको छ ।

फागुनबाट छायांकनमा जाने निर्माण पक्षको तयारी छ । छोराको डेब्यू फिल्म भए पनि फिल्ममा विराज नै मुख्य भूमिकामा देखिनेछन् । विराज खबरहबसँग भन्छन्, ‘समीरको भूमिकाबारे थाहा पाउन चाहिँ हलमै पुग्नुपर्ने हुन्छ । उसको भूमिका महत्वपूर्ण नै छ ।’

‘१२ गाउँ’लाई बिग एक्सन फिल्मका रुपमा पस्कने विराजको परिकल्पना छ । उनी भन्छन्, ‘दर्शकले बाउ–छोरालाई पूर्ण एक्सन अवतारमा देख्न पाइन्छ ।’

फिल्ममा नायिका भने तय नभइसकेको विराजको भनाइ छ । नयाँ प्रतिभाले नै फिल्ममा स्थान पाउने सम्भावना रहेको उनी बताउँछन् ।

फिल्मको निर्देशक र निर्मातासमेत विराज स्वयं हुन् । विराजको ब्यानरमा बन्ने र निर्देशन रहने यो दोस्रो फिल्म हो ।

यो फिल्मको केही गीत मुम्बईमै रेकर्ड भइसकेको छ ।

के गर्दैछन् समीर ?

विराजका छोरा समीर मुम्बईमा बस्दै आएका छन् । विगत लामो समयदेखि उनी फिल्मको तयारीमा थिए । अन्य नेपाली निर्देशकबाट फिल्मको अफर आउँदा पनि यही फिल्मका लागि खेल्न नदिएको उनको भनाइ छ ।

विराज भन्छन्, ‘हामी तपाईंको छोरालाई नायक बनाउँछौं भनेर धेरै निर्देशक आउनुभएको थियो, मैले चाहिँ पहिले मेरैबाट सुरुवात गराउँछु भनेर रोकेको हुँ ।’

विराजका अनुसार समीर मार्सल आर्ट्स खेलाडीसमेत हुन् । उनले मार्सल आर्ट्स ब्ल्याक बेल्टसमेत लिएका छन् । त्यसबाहेक उनी भारतमै थिएटरमा पनि काम गर्दै आएका छन् । नमित कपुरको अभिनय इन्स्टिच्युटमा समेत उनले अध्ययन गरेका हुन् ।

फिल्मका लागि उनले नृत्य र जिम्न्यास्टिकको समेत तालिम लिएका छन् ।

बुबाजस्तै अग्लो कदका समीरले जिम गरेर शरीर पनि फिट राखेका छन् । विराजले सार्वजनिक गरेको तस्बिरमा उनको ‘सिक्स प्याक’ पनि देख्न सकिन्छ । उनको चकलेटी ‘लुक्स’को समेत चर्चा भएको छ ।

समीरको पढाइ मुम्बईमै भएको बुझिएको छ । छोरो मुम्बईमा भएकाले विराज भारत–नेपाल गरिरहन्थे ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ५ : ५० बजे

सुदूरपश्चिममा थप चार जनामा कोरोना सङ्क्रमण

कन्चनपुर – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा

आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे

बाजुरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले

सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

गोलबजार– सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको

कांग्रेस कार्यकर्ताको प्रश्नः समयमै अधिवेशन किन हुँदैन ? शेखरले भने– पदाधिकारीलाई सोध्नुस्

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता–कार्यकर्ताहरूलाई केन्द्रीय