प्रधानमन्त्री प्रचण्ड बिहीबार युगान्डा जाने « Khabarhub

प्रधानमन्त्री प्रचण्ड बिहीबार युगान्डा जाने


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी माघ ४ गते बिहीबार युगान्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्ने भएका छन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शिखर सम्मेलनअन्तर्गत प्रधानमन्त्री प्रचण्डले माघ ५ गते ‘साझा वैश्विक समृद्धिका लागि सहयोग विस्तार’ विषयक प्रारम्भिक वैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । नाम सम्मेलनमा सहभागी राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सम्मानमा सोही दिन गणतन्त्र युगाण्डाका राष्ट्रपति योएरी कगुटा मुसेभेनीले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।

प्रधानमन्त्रीले शिखर सम्मेलनका क्रममा त्यहाँ भेला हुने सरकार प्रमुख, राष्ट्राध्यक्ष एवं उच्चपदस्थ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

शिखर सम्मेलन प्रारम्भ हुनुअघि आगामी माघ ३ र ४ गते परराष्ट्रमन्त्रीस्तरीय बैठक हुनेछ । परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद माघ २ गते कम्पालतर्फ प्रस्थान गर्नेछन् । सोही क्रममा कम्पालामा माघ १ र २ गते परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित बैठक हुनेछ ।

शिखर बैठकले मन्त्रीस्तरीय बैठकको प्रतिवेदन समीक्षाका साथै सन् २०१९ मा नाम शिखर बैठकले पारित गरेका विषयको पनि पुनरावलोकन गर्नेछ । साथै बैठकले कम्पाला घोषणापत्र अनुमोदन गर्नेछ ।

नेपाल नामको संस्थापक सदस्य हो । स्थापनाकालदेखि नै नाममा नेपाल सक्रियरुपमा लागेको छ । असंलग्नता नेपालको परराष्ट्र नीतिको प्रमुख सिद्धान्त हो । प्रधानमन्त्री दाहाल माघ ७ गते स्वदेश फर्कनेछन् ।

उन्नाइसौँ नाम शिखर सम्मेलनपछि माघ ७ र ८ गते कम्पालामा नै आयोजना हुने तेस्रो दक्षिण सम्मेलनमा परराष्ट्र सचिव लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञिप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : ०८ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।