पाकिस्तानको बलुचिस्तानमा भएको झडपमा परी ५ सैनिकसहित ८ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको बलुचिस्तानमा भएको झडपमा परी ५ सैनिकसहित ८ जनाको मृत्यु


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकुसँग भएको झडपमा परी ५ सैनिकको मृत्यु भएको त्यहाँको सेनाले आइतबार जनाएको छ ।

घटना बलुचिस्तानको केच जिल्लामा शनिबार भएको हो । बलुचिस्तानमा सेनाले दशकौँदेखि विभिन्न विद्रोही समूहसँगसँग लडिरहेको छ ।

“आतङ्ककारीहरूले सुरक्षा बलको गाडीलाई लक्षित गरी विस्फोट गराएका थिए भने त्यसपछि दुई पक्षबीच भीषण सशस्त्र झडप भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“झडपका क्रममा सैनिकले वीरतापूर्वक लडेको र पाँच सैनिक अधिकारीले शहादत प्राप्त गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

झडपमा तीन जना लडाकु पनि मारिएको बताइएको छ ।

२४ करोडभन्दा बढी जनसंख्या भएको र सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटसँग जुधिरहेको पाकिस्तानमा फेब्रुअरी ८ मा आम निर्वाचन हुने मिति तय भएको छ ।

शनिबारको आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । जातीय बलोच पृथकतावादीहरूले वर्षौंदेखि यस इस्लामवादी र साम्प्रदायिक हिंसाले पनि प्रभावित यस क्षेत्रमा विद्रोह गरिरहेका छन् ।

बेइजिङबाट सहयोग प्राप्त अर्बौं डलरको पूर्वाधार अभियान चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) का लागि बलुचिस्तान पनि एक प्रमुख क्षेत्र हो ।

बलोच पृथकतावादीहरूले यसअघि पनि सीपीईसी परियोजनाहरूमा आक्रमणको दाबी गर्दै आएका थिए र हिंसाको सामना गर्न यस क्षेत्रमा हजारौं पाकिस्तानी सुरक्षाकर्मीहरू तैनाथ छन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : ४७ बजे

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार