ताइवान चीनकै अभिन्न अङ्ग हो : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

ताइवान चीनकै अभिन्न अङ्ग हो : प्रधानमन्त्री प्रचण्ड


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ताइवान चीनकै अभिन्न अङ्ग रहेको टिप्पणी गरेका छन् । चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा उनले ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको स्पष्ट पारे ।

आफ्नो चीन भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भने, “ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ ।”

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै प्रधानमन्त्रीले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नभई साझा संस्कृति र जनस्तरको सम्बन्धले पनि जोडेको बताए । आफूले हालै गरेको चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयाममा छलफल भएको उनले स्मरण गरे ।

कार्यक्रममा उनले  नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको पनि बताए । उनले दुई मुलुकबीचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा झाङ्गिँदै गएको बताए ।

प्रधानमन्त्रीले भने, “हामीले असल मित्रका रुपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।” नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “यस सम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट छ । आन्तरिक तथा बाह्य मामिलामा आएको बदलावबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन ।”

संस्कृति र परम्पराले हामी एकापसमा बाँधिएको बताउँदै प्रधानमन्त्रीले संस्कृति र परम्पराले नै दुई देशबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउने उल्लेख गरे । नेपालका लागि चीनका राजदूत छन् सङले चीन र नेपाल रणनीतिक साझेदार भएका बताउँदै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत विकासमा साझेदारी गर्न चीन प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : ४१ बजे

संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र

अश्विनले आईपीएलबाट लिए सन्यास, ५ टिममा २२१ खेलबाट लिए १८७ विकेट

नयाँदिल्ली- भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल)

रास्वपा सांसदले बुझाइन् ‘भिजिट भिसा प्रकरण’मा संलग्न र आरोपित आफ्नै पार्टीका नेताविरुद्धको प्रतिवेदन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्कीले ‘भिजिट

कृषि विकास बैंकको अध्यक्षमा पौडेल 

काठमाडौं– कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड