१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना « Khabarhub

१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा आज एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ ।

इकाइले नमूना घोषणा गरिएका जिल्लामा दूरसञ्चार सेवाको विकासमा सहजीकरण गर्ने टेलिकमका प्रबन्धक डा बिमल आचार्यले जानकारी दिए ।

टेलिकमले पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहत, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पालाई नमूना जिल्ला घोषणा गरी सबै बस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिकस्थलमा गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने तयारी गरेको छ ।

नमूना जिल्लामा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधि तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधारको पहुँच विस्तार गरिने टेलिकमले जनाएको छ । ती जिल्लाका अधिकांश मानवबस्तीमा गुणस्तरीय मोबाइलका साथै इन्टरनेट (एनटी फाइबर) सेवा उपलब्ध गराइने छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : २९ बजे

इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको

पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा

चार वर्षपछि भारत आउँदै पुटिन, हुँदैछन् यी ९ ठूला सम्झौता

नयाँदिल्ली- पाकिस्तानी जेट खसाल्ने रूसी एस-४०० भारतले थप किन्न सक्छ,

पोखराले लियो काठमाडौंको ३ विकेट 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

शुक्रबारदेखि साफ महिला क्लब च्याम्पियनसिप सुरु हुँदै

काठमाडौं– साफ महिला क्लब च्याम्पियनसिप मंसिर १९ गते शुक्रबारबाट काठमाडौंमा