प्रधानमन्त्री कप क्रिकेट कर्णाली प्रदेश विजयी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट कर्णाली प्रदेश विजयी


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ । कर्णालीका ब्याटर हिमान्सु शाहीको अर्धशतकीय पारिले टोलीलाई सहज विजय प्रदान गरेको हो । योसँगै गण्डकी लगातार दोस्रो खेल गुमाएको छ ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आज भएको खेलमा जितका लागि गण्डकीले दिएको एक सय २३ रनको लक्ष्य कर्णालीले ७० बल बाँकी छँदै तीन विकेटको नोक्सानीमा एक सय २६ रन बनाउँदै पार ग¥यो । कर्णालीको जितमा शाहीले ७१ बलमा ५३ रनको अर्धशतकीय पारि खेल्नुभयो । उहाँले पाँच चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले टोलीका लागि ‘नटआउट’ १० रनको योगदान दिए । बलिङमा गण्डकीका अङ्कित न्यौपानेले दुई तथा नौ ओभर बलिङ गरेका विपिन खत्रीले सात मेडन राख्दै दुई रन खर्चेर एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै एक सय २२ रनको सामान्य योगफल बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक योगफल बनाए।

अगाडिका पाँच ब्याटरले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् । छैटौँ नम्बरमा आएका ब्याटर अश्वनी रानाले १६ र कप्तान विपिन खत्रीले १० रन मात्रै जोड्न सके। चन्द्र पौडेल १४ र अङ्कित न्यौपाने दुई रनमा अविजित रहे ।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई–दुई विकेट लिए। यस्तै, प्रकाश जैसी, दिवान पुन र रवीन्द्र रावतले एक–एक विकेट लिए । गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । उसले शनिबार लुम्बिनी प्रदेशसँग चार विकेटको हार भोगेको थियो । प्रधानमन्त्री कपका लागि पहिलोपटक काठमाडौँबाहिर भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा ११ खेल हुँदैछन् । सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : ५६ बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक