तराईमा बाक्लो हुस्सु, केही भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना « Khabarhub

तराईमा बाक्लो हुस्सु, केही भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । साथै, तराईका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु लागेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति भने मुलुकका केही भूभागमा सामान्य वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र तराई क्षेत्रमा हुस्सु लाग्ने जनाइएको छ ।

आज अघिल्ला दिनको तुलनामा चिसो बढ्ने सम्भावना रहेकाले यसबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

पूर्वी तथा पश्चिम तराइका अधिकांश भागमा बाक्लो हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाईसेवा प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : २५ बजे

‘विपद्मा एपीएफ अस्पतालको भूमिका सराहनीय छ’

काठमाडौं– नेपाल एपीएफ अस्पतालले विपद्का समयमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै

सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख

एजेन्सी– युरोपले आफ्नो सुरक्षाको लागि थप जिम्मेवारी लिनुपर्ने युरोपेली आयोगका

महाशिवरात्रि : पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने

युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै

किएभ– रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा गरेको रातभरको ड्रोन आक्रमणमा

विगतका शासक दलकै असफलताले वर्तमान संकटमा : उपेन्द्र यादव

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको